Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने



काठमाडौं । नेकपा एमालेले मङ्गलवार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मङ्गलवार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेका छन् ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार