Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उद्योगीसंँग बस्नेतले भने ‘देशलाई आर्थिक सुशासनमा राख्न एमालेको सरकार बन्नु पर्छ’



विराटनगर : मोरङ क्षेत्र नं ६ (२)का प्रदेश सभा सदस्य तर्फ एमालेका उम्मेदवार पर्शुराम बस्नेतले देशलाई आर्थिक सुशासनमा राख्न पनि नेकपा एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको बताएका छन् ।

आफ्ना क्षेत्रका उद्योगी व्यवसायीहरुको भेटमा गठबन्धन सरकारका कारण देशको आर्थिक अवस्था जर्जर बनेको बताए ।

८ प्रतिशतमा व्याजदरमा ऋण लिएर व्यवसाय गरिरहेका उद्योगी व्यवसायीहरु अहिलेको चर्को व्यजदरका कारण संकटमा परेको बताए । उनले भने ‘कति उद्योग व्यवसाय बन्द भए, कतिको अवस्था कस्तो छ । र यहि चर्को व्यजदरका कारण कतिले ज्यान गुमाउनुसम्म परेको समाचारहरु सुन्दै आएकै छौं ।’

अघिल्लो पटक स्थायी सरकारका लागि गठबन्धन गर्दै स्थायी सरकार बन्ने बाटो तय भएपनि केहि निश्चित व्यक्तिको स्वार्थका कारण त्यस सरकार पनि स्थायी बन्न नसकेको उनले चर्चा गरे । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायीत्व र समृद्धि रहेको स्मरण गराउँदै मुलुक र जनताको हितका लागि पनि एमाले नेतृत्वकै सरकार आवश्यक रहेको बताए ।

त्यसैवेला सबै राजनीतिक दलहरु एकातिर र नेकपा एमाले एकातिर हुँदा पनि सचेत नागरिक र आम जनताले एमाले नेतृत्वकै सरकार चाहेको उनको भनाइ छ । राजनीतिक दलकै कारण मुलुकमा ठुला ठुला व्यवस्था परिवर्तन हुदै अहिले संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र आम जनताले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर औला ठड्याउन सक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै लोकतन्त्रमा दलको विकल्प नहुने बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार