Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

देउसी भैलो लिएर टोलटोलमा पुग्दै राष्ट्रिय जनसांस्कृतिक महासंघ



विराटनगर : संस्कृति जगेर्नाका लागि उत्प्रेरित गराउँदै राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल मोरङले जिल्लाका विभिन्न क्षेत्रमा देउसी भैलो कार्यक्रम अभियान सुरु गरेको छ ।

तिहार आरम्भ भएको दिनदेखि नै विभिन्न कलाकारसहितको टोलीले सास्कृतिक प्रस्तुतिसहित देउसी भैलो खेल्न थालेको हो । जस अन्तर्गत आइतबार विराटनगरको पुष्पलाल चोकमा विहान ७ बजे, ग्रामथान गाउँपालिकाको झोराहाटमा १० बजे देउसी भैलो कार्यक्रम गरेको महासंघले दिउँसो प्रेस चौतारी मोरङले आयोजना गरेको शुभकामना आदानप्रदानमा साँस्कृतिक प्रस्तुति प्रस्तुत दिएको थियो । यस्तै आजै अपरान्ह ५ बजेदेखि विराटनगर– ८ शान्तिचोकमा देउसी भैलो खेलेको छ ।

कात्तिक ९ गतेसम्मको तालिका सार्वजनिक गरेको महासँघले देउसी भैलो कार्यक्रममा सहभागि हुन स्थानीयलाई आग्रह समेत गरेको छ ।
कहाँ कहाँ खेल्दैछ ? हेरौं तालिका

प्रतिक्रिया
सम्बन्धित समाचार