विराटनगर : आगामी पुसमा चलचित्र ‘चि मुसी चि’ रिलिज हुने भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै निर्माण युनिटले फिल्मको सार्वजनिक गरेको हो ।
हरर थ्रिलर कथामा निर्माण भएको फिल्म पुस महिनामा रिलिज गर्ने लक्ष्य राखिएको प्रस्ततुकतर्ता अरुण चक्रावर्तीले बताए ।
एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारले अभिनय गरेका छन्।
यो फिल्मले नेपालमा हरर थ्रिलर सिनेमामा एउटा ट्रेण्ड स्थापित गर्ने निर्माता चक्रावर्तीले विश्वास व्यक्त गरेका छन्। यो फिल्म मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेका हुन्। नेपाली, बलिउड र हलिउडमा प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि फिल्म हेरेर दर्शकले केही फरक र नयाँपन महसुस गर्न पाउने निर्माण टिमले जनाएको छ ।
फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्तीले लगानी गरेका छन् ।