विराटनगर : नेकपा एमाले त्यागेर मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले चापाकल चुनाव चिन्ह पाएका छन् । उनलाई बुधबार निर्वाचन आयोगले चापाकल चुनाव चिन्ह दिएको हो ।
मण्डलले एमालेबाट टिकटको आश्वासन पाएका थिए । तर, एमालेले जसपासँग चुनावी तालमेल गरेपछि मोरङ ५ जसपाको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
एमाले-जसपको गठबन्धनबाट यो क्षेत्रमा राजकुमार यादव उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनबाट माओवादीका शिवकुमार मण्डल चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनमा एमाले माओवादीको बाम गठबन्धनबाट चुनाव जितेका मण्डललाई यसपटक कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपाको साथ छ ।