Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

डाइनियामा एमालेले खाेल्याे सम्पर्क कार्यालय



विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले मोरङ क्षेत्र नम्बर २ (क) को पार्टी सम्पर्क कार्यालय स्थापना गरेको छ ।
सुनवर्षी नगरपालिकाको डायनीयाँमा मोरङ क्षेत्र नम्बर २ (क) पार्टी सम्पर्क कार्यालय स्थापना भएको हो ।
सम्पर्क कार्यालयको मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसा सदस्य उम्मेदवार, संविधानसभा सदस्य तथा नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले उद्घाटन गरे ।
सो अवसरमा क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार दान बहादुर कार्की (डिबी, २ (ख) का उम्मेदवार लीलावल्लभ अधिकारीलगायत स्थानीय सयौँ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार