विराटनगर : नेकपा एमाले विराटनगर–११ वडा कमिटीले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा करिब एकसय जना एमालेमा प्रवेश गरेका छन् ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा कांग्रेस परित्याग गरेर ९० जना बढी एमालेमा प्रवेश गरेका हुन् । कांग्रेस क्रियाशील सदस्य सीतादेवी राजवंशीलगायतले काग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको कार्यक्रमकी अध्यक्ष ममता प्रधानले जानकारी दिइन् ।
एमाले प्रवेश गरेकाहरुलाई मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डित, प्रदेशसभातर्फ ६ (ख)का उम्मेदवार पर्शुराम बस्नेत र समानुपातिक उम्मेदवार अरुण राठीसमेतले संयुक्त रुपमा पार्टीमा स्वागत गरेका थिए ।
