Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु: ओली



विराटनगर ।नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिकाे निधनमा दु:ख व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत दु:ख व्यक्त गरेका हुन्।उनले लेखेका छन्,’चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु। उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’७५ वर्षीय गिरिकाे ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा गए राति साढे ९ बजे निधन भएको अस्पतालले घाेषणा गरेकाे थियाे।

प्रतिनिधि सभाका सांसदसमेत रहेका नेता गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए।घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका गिरि गतको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए।गिरिकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार