Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक्न निर्वाचन आयोगकाे निर्देशन



काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रश्न उठ्ने भन्दै तीनै तहका ७ सय ६१ वटै सरकारलाई ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि कार्यक्रम सञ्चालन नगर्न’ निर्देशन दिएको छ ।

आयोगले शनिबार संघीय सरकार, सातै प्रदेश सरकार र ७ सय ५३ वटै स्थानीय सरकारलाई त्यस्ता कार्यक्रमले मतदातालाई प्रभावित पार्नसक्ने भन्दै सञ्चालन नगर्न निर्देश गरेको हो ।आयोगले ४ मंसिरमा ‘एकै दिन एकै चरण’मा देशभर निर्वाचन गर्नेगरी तयारी गरिरहेको भन्दै त्यसका लागि सहयोग हुनेगरी वातावरण बनाइनुपर्ने उल्लेख छ ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको ४ मंसिर २०७९ आइतबारका दिन एकै चरणमा हुनेगरी घोषणा भई तयारी भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न÷नगराउन’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार