Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पत्रकारहरुले सत्य–तथ्य सूचना सम्प्रेषण गर्न आवश्यक छ : नेता बराल



इटहरी । नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले पत्रकारहरुले राजनीतिक सिद्दान्तका बारेमा अध्ययन गरेर सत्य–तथ्य सूचना सम्प्रेषण गर्न आवश्यक रहेको बताउनु भएको छ ।
प्रेस चौतारीमा आबद्द पत्रकारहरुलाई सुनसरीको रामधुनीमा आइतबार प्रशिक्षण दिने क्रममा नेता बरालले नेपालको राजनीतिमा भएका कमी कमजोरीहरुलाई सञ्चार क्षेत्रले सुक्ष्म अध्ययन गरेर सत्य–तथ्य सम्प्रेषण गर्नुपर्ने बताउनुभएको हो । उहाँले पत्रकारहरुलाई निष्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभयो ।
नेता बरालले कम्यूनिष्ट पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले जनताका समस्यामा जोड दिनुपर्ने र जनताको बहुदलीय जनवादलाई अघि बढाउन सञ्चार क्षेत्रको अपरिहार्य भुमिका रहने बताउनुभयो ।
प्रेस चौतारी नेपाल जिल्ला कमिटि सुनसरीले आयोजना गरेको कार्यक्रममा जिल्लाभर कार्यक्षेत्र बनाएर काम गर्ने पत्रकारलाई प्रशिक्षण दिइएको थियो । सो क्रममा प्रेस चौतारी नेपाल सुनसरी कार्यसमितिका पदाधिकारी , नेकपा एमाले प्रदेश सदस्य हिमाल सुवेदी, प्रेस चौतारी नेपाल केन्द्रीय सचिव विक्रम लुइटेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार