विरानगर । विद्याभूमि स्कुल (विभिएस प्लसटु)की स्वस्तिका खरेलले मिस विराटनगर २०२२को उपाधी जितेकी छन् ।
फाइनलमा १२ प्रतिष्पर्धीलाई पछि पार्दै खरेलले ब्युटी विथ ब्रेन र मिस वाकको टाइटल सहित मिस विराटनगरको ताज पहिरेकी हुन् । उनले मिस विराटनगरको क्राउनसगैं नगद ५५ हजार, १० लाख बराबरको बिमा र अन्य पुरस्कार हात पारिन् ।
प्रतियोगितामा दीपा साह फस्र्ट रनरअप र आयुसा राई सेकेन्ड रनरअप भए । फस्र्ट रनरअपले ३० हजार र सेकेन्ड रनरअपले १५ हजार रुपैया नगद पुरस्कार पाए ।
प्रतियोगितमा मिस ट्यालेण्ड आयुसा राई, मिस पर्सनालिटी कृपा श्रेष्ठ, मिस कन्फीडेन्स सानु चौधरी, मिस फोटोजेनिक सीमा गोपाली, पुपिल च्वाइसको टाइटल विविसा गिरीले पाए ।
श्रष्टा नेपाल र डिजाइन बैकले आयोजना गरेको प्रतियोगिताको निर्णायकमा मिस नेपाल वल्र्ड २०१७ निकिता चन्दक, मिस इन्टरनेशनल २०१९ मीरा कक्षपती र मिस सुपर इन्टरनेशनल सिमल कनौजिया रहेका थिए । कार्यक्रमा प्रमुख अतिथि प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्र राई थिए । उनले प्रयोजक र सहयोगीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम शुक्रबार राति आरोहण कुरूकुलमा भएको थियो ।