Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानल निर्वाचित



जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ। समन्वय समितिको निर्वाचनमा एमालेको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नौ स्थानीय तहका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ मतदातामध्ये एमाले एक्लैसँग १२ मत छ। समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की तथा खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी र लालबहादुर महतरा निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउद र दलित महिला सदस्यमा रम्बदेवी विक निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गत स्थानीय निर्वाचनमा बुढीगंगा र बडिमालिका नगरपालिका तथा गौमूल र जगन्नाथ गाउँपालिका गरी चार स्थानीय तहको प्रमुख र उपप्रमुख एमालेले जितेको थियो। त्रिवेणी नगर फालका र स्वामीकार्तिक खापर गाउँपालिकाको प्रमुख र उपप्रमुख नेपाली कांंग्रेसले जितेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार