विराटनगर । आज मौद्रिक नीति आउँदै, त्यसअघि सञ्चालक समितिको बैठककाठमाडौँ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ।
त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ।राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए। उनका अनुसार शुक्रबार नै मौद्रिक नीति आउने सम्भावना छ। गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन्।