Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव



काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरण’ छलफल भएको छ ।प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो । आफ्ना भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा भएको छलफलमा प्रचण्डले नयाँ पार्टीको नाम प्रस्ताव गर्दै थप निर्णयका लागि छिट्टै बस्ने सहमति गरेका छन् ।

माओवादी केन्द्र, भट्टराईको जसपा, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच पार्टी एकीकरण गरेर नेकपा समाजवादी केन्द्र गठन गर्न प्रचण्डले प्रस्ताव गरेका हुन् ।

भट्टराईबाहेक तीन पार्टीका शीर्ष नेताबीच दोस्रोपटक गत मंगलबार पार्टी एकीकरण’bout छलफल भएको थियो । छलफलमा तत्कालीन नेकपा सचिवालयमा रहेका पाँच अर्थात् बहुमत सदस्य सहभागी थिए ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले ‘पार्टी एकीकरण’’bout छलफल गरेका छन् । भट्टराईसँग छलफल गर्नुअघि प्रचण्डले माओवादी नेता श्रेष्ठसँग बिहीबार नै लामो छलफल गरेका छन् ।

आगामी निर्वाचनअघि नै नेपालका कम्युनिस्ट पार्टीबीच एकीकरण गर्नुपर्नेमा उनीहरू सहमत छन् । प्रचण्डले चार पार्टीबीच ‘हाललाई एकीकरण गरेर अगाडि बढ्न सकिने’ प्रस्ताव गरेपछि भट्टराई ‘आफ्नो समूहमा थप छलफल गरेर भेट्ने’ भन्दै छुटिएका छन् ।

‘केपी ओली अध्यक्ष रहेको एमालेस“ग अहिलेकै अवस्थामा एकीकरण गर्न सकिँदैन तर ओलीबाहेक चार पार्टीबीच तत्काल एकीकरण गर्न कुनै समस्या छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भने, ‘हामी चारै पार्टीको एजेन्डा तथा विचार मिल्ने भएकाले एकीकरण गरेरै अगाडि बढौं ।’

विद्यमान राजनीति र आगामी निर्वाचनका कारण एकीकरण गर्नुको विकल्प नभएको बताउँदै प्रचण्डले ‘छुट्टाछुट्टै हुँदा कमजोर हुने पछिल्लो परिणामले देखाइसकेको’ बताए । उनको भनाइमा भट्टराईसमेत सहमत रहेको र थप छलफल गरेर अगाडि बढ्ने प्रचण्ड सचिवालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार