Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तोलामा दुई सय रुपैयाँले घट्याे सुनकाे भाउ


  • Purbeli Press
  • मंगलबार, साउन ३ २०७९

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ।

तेजावी सुनको भाउ प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ। चाँदी तोलाको ११६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार