विराटनगर । चुनावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे सचिवालय बैठक बस्ने भएकाे छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको एमालेले जनाएकाे छ । बैठकमा आगामी चुनावको तयारीका अलाबा पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारेसमेत छलफल हुने बुझिएकाे छ ।