Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशसभा सदस्य खातुनले दिइन राजिनामा


  • Purbeli Press
  • बिहिबार, असार १६ २०७९

विराटनगर : प्रदेश १ सभाकी प्रदेशसभा सदस्य गुलेफुन खातुनले राजिनामा दिएकी छिन् । नेकपा एमालेकी समानुपातिक संसद खातुनले हिजो राजिनामा दिएकी थिइन् ।

खातुनको राजिनामा आज स्वीकृत भएको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए । प्रदेश सभा सदस्य खातुनले आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्याको कारण देखाउँदै योग्य र सक्षम व्यक्तिलाई ल्याउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

उनलाई सरकारी सहीछाप कीर्तेको आरोप लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार