Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, भाेली सपथ ग्रहण

काठमाडौ । नेकपा एकीकृत समाजवादीका चार जना मन्त्री नियुक्त भएका छन्।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको कार्य विभाजन गरेकी हुन्।
एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका छन्।
राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी गराएको छ।

गत २२ जेठमै एकीकृत समाजवादीले गरेको निर्णय अनुसार पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम पठाएको थियो। तर, बजेटमाथिको छलफलमा सहभागी हुन पाउनपर्ने भन्दै मन्त्रीहरुले राजीनामा नदिएपछि सपथ रोकिएको थियो।

नयाँ मन्त्रीको शपथ भोली बिहान

नेकपा एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा इन्ट्री गरेका नयाँ मन्त्रीको शपथ भोलि असार १३ गते बिहान हुने भएको छ।
राष्ट्रपति कार्यालयबाट सोमबार बिहान ११ बजे शपथ ग्रहणका लागि खबर आएको नवनियुक्त मन्त्री मेटमणि चौधरीले जानकारी दिए।
‘भोलि बिहान सपथ हुने भनिएको छ,’ उनले भने, ‘११ बजेको सपथका लागि साढे १० बजे आउनु भन्ने खबर पाएको छु।’
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। आइतबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन भएको जानकारी गराइएको हो। नेपालखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार