विराटनगर : सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९–८० को बजेट सार्वजनिक गर्दैछन्।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिव ३८ अर्बको बजेट ल्याउने भएको छ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लक्षित प्रचारात्मक योजनाहरुमा केन्द्रीत भएर बजेट ल्याउन लागिएको बताईएको छ।
आर्थिक मामिला तथा कानून मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सभामा बुधबार दिउँसो निर्वाचन लक्षित करिब ३८ अर्बको बजेट ल्याउने भएका हुन्।