विराटनगर : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्रदेश १ को संयोजकमा गोकर्ण घिमिरे चयन भएका छन् । अनेरास्ववियुको पदाधिकारी बैठकबाट घिमिरेलाई प्रदेश १ को संयोजकको जिम्मेवारी दिइएको हो ।
त्यस्तै बैठकले संगठनका अन्य प्रदेश संयोजकको टुंगो लगाएको छ । बैठकले मधेश प्रदेशमा रामशरण चौधरी, सुदुरपश्चिम प्रदेशमा मनोज राई र सिटिईभिटीमा विशाल बि.क.लाई संयोजकको जिम्मेवारी दिएको छ ।
घिमिरेले अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य र मोरङ जिल्ला बाल संगठनको अध्यक्षको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।