Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा एमालेले प्रतिवद्धता कार्यान्वयनमा जोड दिने


  • Purbeli Press
  • आइतबार, जेष्ठ २९ २०७९

विराटनगर : रतुवामाई नगरपालिकामा एमालेले चुनावताका जारी गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिने भएको छ ।

नगरमा उपप्रमुख दमयन्ता चुडालको नेतृत्वमा बहुमत कार्यपालिका गठन गर्न सफल भएको एमालेले भूगोलमा आधारित पार्टीको नगर कमिटीको पदाधिकारी, नगरमा उपलब्ध जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय कमिटीसम्बद्ध नेतृत्वको शनिबार मदनग्राममा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पार्टीको तर्फबाट अघि सारेका सूर्य चिन्ह ध्वजाबाहक उम्मेदवारलाई आफ्नो अमूल्य मतमार्फत विजयी गराउनुहुने बहुसंख्यक स्थानीय मतदाताप्रति तिनको मतको सम्मान सहित आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेको छ ।

विजयी सम्पूर्ण उम्मेदवारलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै एमालेको नेतृत्वमा बहुमत कार्यपालिका गठन प्रक्रियामा सहभागी राजनीतिक दल र यसको नेतृत्व र जनप्रतिनिधि सबैलाई धन्यवाद व्यक्त गरेको बैठकमा सहभागी एक नेताले बताए ।

पार्टी जिल्ला कमिटीले वडा तहसम्म निर्वाचनको सुक्ष्म समिक्षा गर्न र समिक्षा प्रतिवेदनको रूपमा दस्तावेज तयार गर्न माग गरेको छ । समिक्षा अभियानलाई सार्थक तुल्याउन भूगोलमा आधारित नेतृत्वले स्थानीय आवश्यकताअनुसार सहयोग र सहजीकरण गर्ने योजना अघि सारेको बैठकले स्थानीय नेतृत्व लक्षित अराजनीतिक हर्कतको एकस्वरमा गम्भीर खेद प्रकट गर्दै निन्दा एवं भत्सर्ना गरेको छ ।

बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य युवराज बास्कोटा, बुद्धिजीवी परिषद् जिल्ला अध्यक्ष सोमराज थापा लगायत एमाले प्रदेश कमिटी सदस्य र जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार