विराटनगर : जिल्ला समन्वय समिति (जिसस) धाकुटामा एमालेको प्यानलनै विजयी भएको छ । शनिबार भएको निर्वाचनबाट ९ मतकासाथ निरेन तामाङ प्रमुख पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हर्क चेम्जोङले ५ मत ल्याए।
यस्तै उपप्रमुखमा सावित्रा राई ९ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी मञ्जु कार्कीले ४ मत प्राप्त गरिन् ।
महिला सदस्यमा इन्दिरा सुब्बा (याक्खा), कमलकुमारी लिम्बू, सीता भण्डारी (वराल), दलित वा अल्पसङ्ख्यक सदस्यमा वालकुमारी रुचाल, अन्य सदस्यहरुमा टिकाराम मगर, नेत्रबहादुर भण्डारी र रविन्द्र न्यौपाने निर्वाचित भएका छन् ।
१४ जना मतदाता रहेको धनकुटामा १४ मत नै खसेको थियो ।