Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

केपी ओलीआउँदा दुगड टुप्लुक्कै



विराटनगर । नेकपा एमालेका केन्द्रिय सदस्य मोती दुगड पार्टीका केन्द्रीय अध्यक्ष केपी ओली विराटनगर आउँदा एयरपोर्ट पुग्ने र उनी सहभागी हुने कार्यक्रममा सधै सहभागी हुन थालेपछि एमालेका कार्यकर्ता आश्चर्यमा पर्ने गरेका छन् ।

एमालेका एक जिल्ला सदस्यका अनुसार एमालेका अरु कुनै कार्यक्रममा दुगड सहभागी हुदैँनन् तर अध्यक्ष केपी ओली विराटनगर आउने भएपछी सधै टुप्लुक्क देखीहाल्छ्न । गएको स्थानीय चुनावमा पनि दुई तीन दिन देखा परि केही कार्यक्रममा हिडेका उनी शुक्रबार पनि केपि ओलि आउदा टाउको झुकाउदै टुप्प्लुक्क विराटनगरमा देखा परे ।

एमालेका केन्द्रीय सदस्य जस्तो पदमा बसेको मान्छे अरु बेला नदेखिनु र नेता आउदा मात्रै देखिनु राम्रो नभएको कार्यकर्ताहरु बताउँछन् ।

एमालेका एक जान शुभचिन्तक श्याम निरौला मोति दुगड्को यो गतिविधि राम्रो नभएको बताउँछ्न् । उनको गतिविधिबाट आजित एक स्थायी समिति सदस्य नाम नबताउने शर्तमा भन्छ्न, “दुगड यता कसैले भनेको मान्दैनन तर अध्यक्ष आउदा ताउर माउर ठूलो हुन्छ । कुनै बेला मधेसबादी दलबाट सभासद भएका दुगड मन्त्री हुनकै लागि पार्टीका दुई सभासद मध्ये एक आफू अलग भएर नयाँ पार्टी खोलेपनी मन्त्री हुन सकेनन् । पछि उनको पार्टी खरायो चिन्ह लियर चुनाब लड्यो । देशका धेरै ठाउँमा चुनाबमा उमेदवार बनाए । तर एउटा समानुपातिकको लागि चाहिने १६ हजार मत पनि नल्याई पछि उनको विजोग भयो । त्यहि पार्टीलाई एमालेमा बिलय गराएपछि भने उनको भाग्य चम्कियो र उनी मन्त्री भए । ” अहिले उनको गतिविधिबाट कार्यकर्ता लाज्जित हुन थालेको शुक्रबार विराटनगरमा भेटिएका एमाले शुभचिन्तक निरौलाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार