Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धरानमा डेढ करोड लगानीमा बार सञ्चालन



धरान । धरानमा १ करोड ५० लाख रुपैयाँको लगानीमा क्लाउड नाइन लाउञ्ज एण्ड बार सञ्चालनमा आएको छ ।
लाउञ्जमा ग्राहकले पारिवारिक वातावरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरु, बार, क्याफे, मिटिङ, सेमिनार तथा विभिन्न कार्यक्रमका लागि हलको सुविधा पाउने सञ्चालक मानबहादुर मगरले जानकारी दिए । मानबहादुर, उत्तम कार्की, रमेश श्रेष्ठ, सुरज राई, देवेन्द्रबहादुर पाण्डे र तिलक पाण्डे मिलेर सो बार सञ्चालनमा ल्याएका हुन् ।
लाउञ्जमा एक पटकमा १ सय ५० जनाको लागि खानपानको व्यवस्थापन गर्न सकिने क्षमता रहेको उनले जानकारी दिए । सुरुवाती चरणमा सेवा दिन १२ जनाकर्मचारी राखिएको छ भने आवश्यकताअनुसार कर्मचारी थपिने पनि सञ्चालक मगरले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार