बिराटनगर । नेकपा एमाले मोरङले नवनिर्वाचित जनप्रतिनिधिहरुलार्इ प्रशिक्षण दिने भएको छ । आगामी २२ गते जिल्लाका सबै जनप्रतिनिधिहरुलाइ राखेर प्रशिक्षण दिन लागेको हो । स्थानीय निकायमा कसरी काम गर्ने र स्थानीय निकायसँग पार्टीलाई कसरी जोड्ने भन्ने विसयमा केन्द्रित रहेर प्रशिक्षण दिन लागिएको एमाले अध्यक्ष ऋषि केस पोखरेलले बताउनु भयो । मोरङमा नौ वटा पालिका प्रमुख जितेर एमाले पहिलो पार्टी बनेको छ ।