रंगेली । सुनवर्षी नगरपालिकाका निर्वाचित मेयर श्याम प्रसाद राजवंशीले एक हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा र सिंचाईका लागि विद्युत महसुल निशुल्क गर्ने घोषणा गर्नु भएको छ ।
नगरपालिकामा पदभार ग्रहण गर्दै सोमबार उहाँले अति विपन्न १ हजार घरपरिवारलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने साथै नगरका अनि बिपन्न परिवारका सदस्यको मृत्यु भएमा काजकृया खर्चका लागि नगरले ७ हजार रूपैया दिने घोषणा गर्नुभएको छ । उहाँले किसानहरूले सिंचाइका लागि तिर्दै आएको विद्युत महसुल निशुल्क गर्ने घोषणा गर्नु भएको हो ।
त्यस्तै उहाँले एसइइ पास गरेका दलित छात्राहरूको लागि एक थान साइकल उपहार दिने घोषणा गर्नु भएको छ ।