विराटनगर । स्थानीय निर्वाचन २०७९ मा मोरङका १७ वटा स्थानीय तहबाट निर्वाचित प्रमुख र अध्यक्षहरूको सपथग्रहण कार्यक्रममा विराटनगर महानगरका निर्वतमान मेयर र प्रत्यासीहरु भने उपस्थित भएनन् ।
विराटनगर महानगरको सभाहलमा मोरङका मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा महानगरका निर्वतमान मेयर भीम पराजुली र स्थानीय निर्वाचनमा प्रतिष्पर्धामा रहेका प्रत्यासीहरु भने उपस्थित नभएका हुन् ।
मोरङका एउटा महानगपालिका ८ वटा नगरपालिका र ८ वटा गाउँपालकिाका प्रमुख तथा अध्यक्षहरुलाई मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले सपथ ग्रहण गराएका थिए ।
पालिका प्रमुखहरुको सपथ ग्रहण लगतै त्यहि सभालहमा विराटनगर महानगरका जनप्रतिनिधिहरुलाई पनि सपथ ग्रहण गराइएको थियो । त्यसमा पनि विराटनगरका निर्वतमान मेयर भीम पराजुली र मेयरका कुनै पनि प्रत्यासीहरु उपस्थित भएनन् ।
स्रोतका अनुसार निर्वतमान मेयर भीम पराजुली र निर्वाचनमा महानगरको मेयरका १४ जना प्रत्यासी मध्ये कसैलाई पनि आयोजकले खबर नगरेको हो । कार्यक्रममा खबर नभएपछि सपथग्रहण समारोहमा उनीहरुको उपस्थिति नभएको हो ।