विराटनगर । इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् ।
उनले ३३ हजार ६९० मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका यामकुमार सुब्बाले २८ हजार ५९० मत मात्र प्राप्त गरेका छन् । पौडेलले ५ हजार १०० मत अन्तरले सुब्बालाई पराजित गरेका हुन् ।
उपमेयरमा एमालेकी संगीताकुमार चौधरी विजयी भएकी छन् । उनले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका केशबकुमार बिष्टलाई फराकिलो १२ हजार मत अन्तरले पराजित गरेकी हुन् ।
इटहरीको वडा नम्बर ११ को मतगणना सकेर अन्तिम रुचु गर्ने कार्य भईरहेको र केही समयपछि इटहरीको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भईरहेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।