Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरी १४ मा स्वतन्त्र उम्मेद्वारकाे प्यानलै विजयी



इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १४ मा स्वतन्त्र उम्मेद्वारको प्यानलै विजयी भएको छ ।
इटहरी १४ को वडाअध्यक्षमा हाँस चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार रमेश प्रसाद चौधरी विजयी भएका हुन् ।
नेकपा एमालेले टिकट अरुलाई दिएपछि उनले बाघी उम्मेदवारी दिएका थिए । उनि २०७४ सालको निर्वाचनमा एमालेबाट नै सोहि वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले ८६७ मत ल्याएर पुनः वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार दुखिलाल चौधरीले ६३४ मत मात्रै ल्याए । यस्तै खुल्ला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला सदस्यमा पनि बाघी उम्मेदवार नै विजयी भएका छन् ।
यो सँगै इटहरीमा १५ वटा वडाको अन्तिम मतपरिणाम आइसकेको छ । १५ मध्ये ११ वडामा एमाले, ३ वडामा काँग्रेस र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार