बेलबारी । बेलबारी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका दिलप्रसाद (डिपी) राई र उपमेयरमा नेपाली कांग्रेसकी नितु थपा (कोईराला) विजयी भएका छन् ।
राईले १६ हजार ४२२ मत ल्याउदै कांग्रेसका मेयर पदका उम्मेदवार महेन्द्र सुवेदीलाई पराजित गरेका हुन् । सुवेदीले १५ हजार ६२० मत पाए ।
०७४ सालको निर्वाचनमा सो नगरपालिकामा एमालेकै ज्ञानेन्द्र सुवेदीले विजयी भएका थिए । उपमेयरमा एमालेकै ढाकाकुमार पराजुलीले विजयी हासिल गरेकी थिइन् ।
०७९ को निर्वाचनमा भने कोईरालाले एमालेकी उम्मेदवार तिलकुमारी न्यौपाने (तिला लेकाली) लाई पराजित गरेकी हुन् ।