विराटनगर । गठबन्धनमा मेयर र उपमेयर मध्ये एउटै पद नपाएपनि विराटनगरमा वार्ड अध्यक्षहरुको उम्मेदवारी दिएको नेकपा एसले पनि केहि मत ल्याएको छ ।
मत गणनाको अन्तिम परिणाम घोषणा हुने लाग्दा वार्ड अध्यक्षहरुमा आएको मत हिसाब गर्दा नेकपा एसले १९ सय ११ मत प्राप्त गरेको छ । कलम चिन्ह लिएर उम्मेदवार उठाएको एसले ३ ,७,१४,१२ वाडमा २ सय भन्दा बढि मत ल्याएको छ ।
एमालेबाट टुक्रिएको एसको वाड अध्यक्षको मतले वडाहरुमा एमालेलाई हराउन कुनै भुमिका नदेखिए पनि यसको असर १२ नंम्बर वाडमा देखिएको छ । १२ को अन्तिम परिणाम नआएपनि त्यहाँ एमालेलाई आएको मतमा एसलाई वडा अध्यक्षमा आएको मत जोड्दा एमालेले जित्ने अवस्था देखिएको छ ।
विराटनगर १२ मा एसले ४ सय बढि मत ल्याएको छ । त्याहाँ जसपाको भन्दा एमालेको मत केहि कम छ । करिब १ हजार मत गणना हुँदा जसपा भन्दा एमाले ८० मतले कम छ ।