विराटनगर,६ जेठ । विराटनगर महानगरपालिकाको निर्वाचनको मत परिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगिरहँदा एमालेका कार्यकर्ताहरुले एमाले उम्मेदवार सागर थापालाई मात्र भोट नदिएर अरु सुर्यकै प्यानलमा भोट हालेको चर्चाले व्यापकता लिएको छ ।
सामाजिक संजालमा एमालेका कतिपय कार्यकर्ताले असंन्तुष्टि पोख्दै केहि वडाहरुमा मेयरलाई भोट नदिएको लेखेका छन् । मत गणनामा सहभागि भएका कार्यकर्ताहरु गणना स्थल आर्दश माध्यमिक विधालयमानै यस्तो चर्चा गर्दै हिड्न थालेका छन् । उनीहरुले कसले कुन कुन वडामा कसरी मत नहाल्ने योजना बन्यो, त्यो भने बताउन चाहेका छैन् ।
गत वर्षको तुलनामा वार्ड अध्यक्षहरुमा राम्रो मत ल्याएर विजयी हासिल गरेको अवस्थामा टाउको काटिएको चर्चा पनि उतिकै छ । मेयरका प्रत्यासी सागर थापाले भने ‘आफुलाई सबै नेता कार्यकर्ताले सहयोग गरेको र वहाँहरुकै सहयोगमा अहिलेको मत आएको हो ’ । उनले भने ‘मलाई सबै एमालेका कार्यकर्ताले भोट दिनु भएको छ म त्यसमा पुर्ण विश्वस्त छु अरु कसले के भने त्यता म जान्न् । चुनावमा यस्ता कुरा भइरहन्छ ।’