विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जिवछप्रसाद गच्छदार विजयी भएका छन् ।
गच्छदारले नेकपा एमालेका उम्मेदवार मुसहरु मण्डल २७१ मतान्तरले पराजित भएका हुन् । । गच्छदारले ६ हजार ३२९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मण्डलले ६ हजार ५८ मत पाए ।
उपाध्यक्षमा नेपाली कांग्रेसकै उम्मेदवार नसिमा बानो ६ हजार २८४ मतसहित विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार उपासी राजवंशीले ५ हजार ७६७ मत ल्याएकी छन् ।