Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गढीको अध्यक्षमा एमालेका आश नारायण चाैधरीकाे प्यानल नै विजयी



इटहरी । सुनसरीको गढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका आश नारायण चौधरी विजयी हुनुभएको छ ।
नेपाली काग्रेसका महेश दत्तलाई ३ हजार ५५१ मत अन्तरले हराउँदै चौधरी विजयी भएका हुन । चौधरीले ८ हजार ९०१ मत पाए भने दत्तले ५३५० मत पाए । त्यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकी अनिता कुमारी साह वियजी हुनुभएको छ । नेपाली काग्रेसकी उम्मेद्वार राजकुमारी चौधरीलाई १ हजार ९७७ मतले पछि पार्दै साह विजयी हुनुभएको हो । साहले ७ हजार ८१५ मत पाउनु भयो भने चौधरीले ५हजार ८३८मत पाउनुभयो । चौधरी अघिल्लो निर्वाचनमा काग्रेसबाट निर्वाचित उपाध्यक्ष हुनुहुन्थ्यो । २०७४को निर्वाचनमा अध्यक्ष उपाध्यक्ष दुवै नेपाली काग्रेसले जितेको थियो ।
६ ओटा वडा रहेको गढीमा वडा नं.१ बाहेक सबै वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार