Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरी २ मा नेकपा एमालेका माधव कोइरालाको प्यानलै निर्वाचित



इटहरी । इटहरी उपमहानगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ ।
नेकपा एमालेका माधव कोइरालाले ३ हजार २२७ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका राजु बस्नेतले २हजार८०३ मत प्राप्त गरे ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार महिला सदस्यमा भीमाकुमारी तुम्बाहाम्फेले ३हजार२३४ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा चम्पामाया विश्वकर्माले ३हजार२०५ मत प्राप्त गर्दै विजयी भइन् ।
खुल्ला सदस्यमा कृष्णकुमार राईले २हजार९११ मत प्राप्त गरे भने दुर्गाबहादुर खत्रीले ३हजार६२ मत प्राप्त गर्दै विजयी भए । विजयी सबै नेकपा एमालेका उम्मेदवार हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार