रंगेली । मोरङको सुनवर्षी नगरपालिकाको मेयर नेकपा एमालेका श्याम राजवंशी र उपमेयरमा एमालेकै मिरादेवी दास विजयी हुनुभएको छ ।
नेपाली काग्रेसका यज्ञ कार्कीले १६८७ मतले पछि पार्दै राजवंशी सुनवर्षी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको हो । राजवंशीले ८६३९ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कार्कीले ६९५२ मत पाउनुभयो ।
यस्तै उपमेयरमा पनि नेकपा एमालेकै मिरादेवी दास केवरत ८३८३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसकी बिमला देवी दासले ७४२७ मत पाउनुभयो ।
नौ वटा वडा रहेको सुनवर्षीमा एमालेले ४ वडा वडाध्यक्ष, काग्रेसले ४ वटा वडा अध्यक्ष र माओवादीले एउटा वडा अध्यक्ष जितेको छ ।