इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ३ मा एमालेका तर्फबाट वडाअध्यक्षका उम्मेदवार उमेश सुवेदीको प्यानलै विजयी भएको छ ।
सुवेदीले ९६८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसबाट बिद्रोह स्वतन्त्र उम्मेदवारी दिएका तुला लिम्बूले ८६१ मत प्राप्त गरे । नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार निर्वतमान वडाध्यक्ष बालकृष्ण बिष्टले ७३६ मत पाए ।
यस्तै वडा सदस्यमा एमालेका दिपेन्द्र लिम्बु, टिकाराम तामाङ, पवित्रा कोइराला, मीना रसाइली विजयी भएका छन् ।
०७४ निर्वाचनमा सो वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो । सुवेदी शिक्षण पेशामा संलग्न थिए । सो पेशाबाट राजीनामा दिएर वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।