विराटनगर । विराटनगर महानगर प्रमुखमा गठबन्धनतर्फ नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । कोइरालाले १० हजार ३६३ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापाले सात हजार ८८२ मत पाएका छन्।
जसपा त्यागेर स्वतन्त्र उम्मेदवारी उमेश यादवले ३३ सय ६१ मत पाउँदा राप्रपाबाट मेयरका उम्मेदवार बनेका प्रह्लाद साहले २१ सय ३४ मत पाएका छन्।
त्यसैगरी, विराटनगर महानरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी शिल्पा कार्कीले आफ्नो अग्रता झन्–झन् फराकिलो बनाउँदै लगेकी छन्। शिल्पाले सत्तारूढ गठबन्धनतर्फ जनता समाजवादी पार्टीका अमरेन्द्र यादवसँग अग्रता बढाउँदै लगेकी हुन्। शिल्पाले ८९ सय ९३ मत प्राप्त गरेकी छिन् भने अमरेन्द्रले ५६ सय १८ मत प्राप्त गरेका छन्।
यस्तै, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले २५ सय ६७ मत हासिल गरेकी छन् भने माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले १९ सय ४१ मत ल्याएकी छन्।