Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गढी २ मा वडा अध्यक्ष प्रभाकर माझी सहित एमालेको प्यानल विजयी, अध्यक्षमा आशनारायणको अग्रता



विराटनगर । सुनसरीको गढी गाउँपालिका २ को वडा अध्यक्षमा एमालेका उम्मेद्वार प्रभाकर माझी विजयी भएका छन् ।
माझीले १५६९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका ओमप्रकाश यादवले १०३३ मत प्राप्त गरे । वडा सदस्यमा एमालेका उपेन्द्रलाल यादव, देव नारायण मण्डल, नानीमाया धिमाल चौधरी, फदनदेवी ऋषिदेव विजयी भए ।
गढी वडा नं १ मा काग्रेसका प्रदीप चौधरीको प्यान नै विजयी भएको छ । चौधरीले २१३५ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निरज कुमार चौधरीले १५८९ मत पाए । वडा सदस्यहरुमा काँग्रेसका मुसलिम मिया, जनकलाल चौधरी, लक्ष्मी कुमारी चौधरी र पुनम कुमारी चौधरी शर्मा विजयी भए ।
गढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार आशनारायण चौधरी ५६६५ मत सहित पहिलो स्थानमा छन् भने उनलाई नेपाल िकाग्रेसका महेश दत्तले ३१०९ मत सहित पछ्याइ रहेका छन् ।
उप प्रमुखमा पनि एमाले कै अनिता यादव अग्रस्थानमा छिन् । उनले पछिल्लो मतगणना परिणाम अनुसिार ३८०२ मत पाएकी छिन भने उनको निकटत प्रतिद्वन्द्वी काग्रेसकी राजकुमारी चौधरीले ३३५३ मत पाएकी छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार