Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनवर्षीका तीनवटा वडा अध्यक्ष एमाले र तीन वटा काँग्रेसले जित्यो



रंगेली । सुनवर्षी नगरपालिकाको वडा नं ६ र ७ मा वडा अध्यक्ष एमालेले जितेको छ । यो संगै सुनवर्षीमा एमालेले तिजेका वडाको संख्या तीन पुगेको हो ।
यस्तै काग्रेसले तीनवटा र माओवादीले एकवटा वडा अध्यक्ष जितेको छ । पछिल्लो मत परिणम अनुसार सुनवर्षीको वडा नं ७ मा एमालेका संजय कुमार सिंह ९१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका अम्मरनाथ यादवले ६ सय ७५ मत पाए । सदस्यमा भने सबै काग्रेसका उम्मेद्वार विजयी भएका छन् । काग्रेसका उम्मेद्वार नुर हुसैन मिया, धनश्याम गनगाई, गीता कुमारी गनगाई र पार्वती ऋषिदेव विजयी भएका हुन् ।
त्यस्तै वडा नं. ६ मा एमालेका कमल कुमार मोक्तान वडा अध्यक्षमा निर्वाचित भएका छन् । मोक्तानले १३९५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका बैधनाथ झाले ८११ मत प्राप्त गरे । वडा सदस्यमा एमालेका इलियास मिया र सुर्यानन्द साह तेली, टीका पौडेल र रेखादेवी बैठा विजयी भएका छन् ।
यस अघि वडा नं १, २ र ४ मा काग्रेसको प्यानल नै विजयी भएको छ । भने वडा नं ५ मा वडाअध्यक्ष माओवादी र वडा सदस्यहरु एमालेका उम्मेद्वार विजयी भएका छन् । ९ वटा वडा रहेको सुनवर्षी नगरपालिकामा अहिले वडा नं ८को मत गणना भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार