Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लेटाङ ७ मा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी



लेटाङ। लेटाङ नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवार खगेन्द्र लिम्बू विजयी हुनु भएको छ ।

गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गौतम बहादुर लिम्बूलाई २६० मतले पराजित गर्दै एमालेका खगेन्द्र लिम्बू विजयी हुनु भएको हो । नेकपा एमालेका उम्मेदवार खगेन्द्र लिम्बूले ९९६ मत पाउँदा गठबन्धनका उम्मेदवार गौतम बहादुर लिम्बूले ७३७ मत प्राप्त गर्नुभयो । यसअघि नेपाली कांग्रेसले जितेको सो वडामा यसपटक एमालेले जित हात पारेको हो । अन्य ४ जना वडा सदस्यमा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् । महिला वडासदस्य पुरनामाया राईले ९७०, दलित महिला वडासदस्य पवित्रा विश्वकर्माले ९७०, एक चिन्न खुल्ला सदस्यमा आदिमान लिम्बूले ९१३ र दुई चिन्ह खुल्ला सदस्य बम बहादुर लिम्बूले ९०७ मत ल्याएर विजयी हुनुभयो । यस वडामा नगर प्रमुख र उपप्रमुखमा समेत नेकपा एमालेका उम्मेदवारले बढी मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार