रंगेली । मोरङको सुनवर्षी नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार युगेश्वर प्रसाद ठाकुर विजयी भएका छन् ।
ठाकुरले ७ सय १८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राम कुमार राजवंशीले ६०१ मत प्राप्त गरे ।
यस्तै महिला सदस्यमा नेकपा एमालेकी सुनिता कुमारी दासले ६१० मत प्राप्त गरी विजयी भइन भने उनकी निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी ऐसा खातुनले ५२८ मत प्रप्त गरिन् ।
दलित महिला सदस्यमा पनि एमाले कै सुमित्रा देवी रिषिदेव ५८६ मत ल्याएर विजयी भइन ।
वडा सदस्यमा एमालेका विरेन्द्र प्रसाद केवरत र प्रदीप कुमार केवरत विजयी भए ।
यस अघि वडा नं १, २ र ४ मा वडा अध्यक्ष सहित नेपाली काग्रेँसको प्यानल विजयी भयो भने वडा नं ३ मा एमालेको प्यानल नै विजयी भइरसकेको छ ।
पाँचवटा वडाको मत गणना सकिदा एमालेका मेयर र उपमेयर काग्रेसका मेयर र उपमेयर भन्दा अगाडी छन् । मेयरमा एमालेका श्याम राजवंशी काग्रेसका यज्ञ कार्की भन्दा ८४० मतले अगाडी छन् । राजवंशीले ४५०२ मत पाएका छन् भने कार्कीले ३६६२ मत पाएका छन् ।
यस्तै उपमेयरमा पनि काग्रेसकी विमला देवी केवरत भन्दा एमालेकी मिरादेवी केवरत २०८ मतले अगाडी छन् । मिराले ४२३६ मत पाएकी छन् भने कागे्रसकी विमलाले ४०२८ मत पाएकी छन् । ९ वटा वडा भएको सुनवर्षीमा अव वडा नं ६को गण्ना सुरु भएको छ ।