विराटनगर । विराटनगर महानगरपालिकाको वडा नं १७ मा जनता समाजवादी पार्टीका वडाध्यक्ष उम्मेद्वार समिम कमर मिया सहित प्यानलकै जित भएको छ ।
मियाले १ हजार ४ सय ५० मत प्राप्त गरी विजयी भएका हुन् । निकटत् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असमल आलमले ९ सय ४४ मत प्राप्त गरेका हुन् ।
वडा सदस्यहरुमा जसपाकै जाकिर आलम, मन्जर आलम, महिला सदस्यमा चुलियादेवी साह र दलित महिला सदस्यमा बसन्तीदेवी पासवान निर्वाचित भएका छन् ।