Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको कटहरी १ र कानेपाेखरी ७ मा एमाले उम्मेदवार विजयी



कटहरी १ काे वडा अध्यक्षमा निर्वाचित हरि राजवंशी

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ मा नेकपा एमालेका हरिनारायण राजवंशीले १११ मतान्तरले विजयी भएका छन् ।
राजवंशी ९६० मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीलाई १११ मतले पराजित गरी राजवंशी वडाअध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशीले ८ सय ४९ मत ल्याएर छन् । कटहरी १ मा २ हजार ७९७ मत खसेको थियो ।
यस्तै मोरङकै कानेपोखरी ७ को वडाअध्यक्षमा एमालेका मोहन अधिकारी निर्वाचित भएका छन् ।
यसअघि पनि वडाध्यक्ष रहेका उनी पुनः निर्वाचित भएका हुन् । १ हजार ३२८ मत ल्याएका छन् । अधिकारीका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमृत चेम्जुङले १ हजार मत प्राप्त गरेका छन् ।
यसैगरी माओवादी केन्द्रले पनि मोरङमा खाता खोलेको छ । मोरङको धनपालथान गाउँपालिका १ माओवादी केन्द्रका खाजा हुसैन वडाअध्यक्ष पदमा विजयी भएका छन् । उनले काँग्रेसका मुबारक मियाँलाई पराजित गरेका हुन् ।
हुसैनले ४९८ मत ल्याई विजयी बनेका हुन् । उनका प्रतिद्वन्दी काँग्रेसका उम्मेद्वार मियाँले ४३० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार