विराटनगर । सुनसरीको दुहवीमा नेकपा एमालेका अजुल हुसैन ९२९ मत सहित वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
सुनसरीको अन्तिम परिणाम आएको यो पहिलो वडा हो । सो १८२२ मतगणना सम्पन्न हुँदा कांग्रेसका प्रत्यासी जाकिर हुसैन मियाँले ८१३ मत प्राप्त गरे । सदस्यहरुमा गुफरान मिया महिला सदस्यमा पुनम कुमारी चौधरी र दलित महिला सदस्यमा निरोधा देवी मोची विजयी भएका छन् । दुहवीको मेयर पदमा कांग्रेस ९१४ नेकपा एमाले ७८७ उपमेयर कांग्रेस ८०५ जसपा १५५ ल्याएका छन्र । मतगणना जारी छ ।