Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

महिला, बालबालिका, ज्येष्ठ नागरिक मैत्री नगर बनाउने मिरादेवीको प्रतिबद्धता



रंगेली । मोरङको सुनवर्षी नगरपालिकाकी उपमेयर पदकी उम्मेद्वार मिरादेवी दासले आफुले जितेमा सामाजिक न्यायमैत्री नगरपालिका बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
नेकपा एमालेको तर्फवाट उपमेयरको उम्मेदवार दासले सुनवर्षीलाई माहिला, बालबालिका ज्येष्ठ नागरिक मैत्री नगर बनाउने सपना साकार पार्न सुर्यध्वजाबाहक उम्मेद्वारको जित हुनुपर्ने बताउनुभयो । चुनावी अभियानमा मंगलबार विभिन्न ठाउँमा भएका चुनावी सभालार्य सम्बोधन गर्दै उपमेयरको उम्मेद्वार दासले सुनवर्षीका महिला, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था दयनिय रहेको बताउँदै त्यसलाई माथि उकास्न एमाले र आफ्नो प्रतिबद्धता रहेको बताउनु भयो । उहाँले प्रतिबद्धता मात्र प्रतिबद्धताका लागि मात्र नभएर आफु विजयी भए कार्यन्वयन गरेर देखाउने विश्वास दिलाउनुभयो ।
एमाले सुनवर्षीले आफ्नो प्रतिबद्धता पत्रमा सामाजिक न्यायसगै स्वास्थ्य, शिक्षा, सिचाईं र विद्युतमा केन्द्रीत गरेकाले नागरिकहरुको विश्वास आफु प्रति भएको बताउँदै ढुक्कले सुर्यमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
२०५४ सालदेखि कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय मिरादेवीले आफुले समाजका समस्याहरु बुझेको बताउँदै समाजमा रहेका समस्या समाधानका लागि आफ्नो उम्मेद्वारी रहेको दावी गर्नुभयो । पार्टीका नगर र जिल्लाका विभिन्न तहमा रहेर संगठन र सामाजिक कार्यमा सक्रिय दास हाल अनेमसंघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । अघिल्लो निर्वाचनमा निकटतम प्रतिद्वन्दी रहेकी दास यस पटक सुनवर्षीका नागरिकले आफुलाई उपमेयरमा विजयी बनाउनेमा विश्वस्त हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार