Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम चुनावीसभा गर्दै एमाले



विराटनगर । नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्ने भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्न लागिएको एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए । ‘नेकपा एमालेले आज गर्ने सभा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा हो,’ शाक्यले भने, ‘देशभरी नै सन्देश दिने उद्देश्यले काठमाडौंमा अन्तिम चुनावीसभा गर्न लागेका हौं।’

आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार