विराटनगर । नेकपा एमाले विराटनगरकी उपमेयरकी उम्मेदवार शिल्ला निराला कार्कीले विराटनगरका महिला तथा बालकालिकाका लागि गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने बताउनुभएको छ ।
विराटनगर वडा नं. ८ मा साेमबारआयोजित कोणसभामा बोल्दै एकजना महिला शिक्षित भए परिवार शिक्षित हुने, परिवार शिक्षित भए समाज शिक्षित हुने र समाज शिक्षित भएपछि देशै शिक्षित हुनेभएकाले महिला शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
आफू विराटनगर महानगरपालिकाको उपमेयरमा विजयी भएपछि महिलाका लागि सुशिक्षा र न्यायमा पहुँच सहज गराउने कुरामा प्राथमिकता दिने उपमेयर कार्कीको जोड दिनुभयो ।
त्यसैगरी महिलालाई स्वास्थ्यमा सहज पहुँच बनाउनका लागि योजना बनाएर लागिपर्ने उहाँको अठोट थियो । अहिले पनि समयमा उचित स्वास्थ्य सेवा पाउन नसकेर कतिपय महिला दिदी वहिनीहरूले ज्यानै गुमाउनुपर्ने अवस्या रहेको उल्लेख गर्दै विराटनगरमा एमालेको नेतृत्व स्थापित भएपछि नगरका सबै महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट बञ्चित हुन नदिने प्रतिवद्धता प्रकट गर्नुभयो ।
उपमेयरका उम्मेदवार कार्कीले शिक्षा र स्वास्थ्यका साथै महिलालाई आर्थिक सबलताका लागि पनि महानगरपालिकाले विशेष कार्ययोजना बनाएर सेवाको अवसर प्रदान गर्ने बताउनुभयो ।
त्यसैगरी नगरक्षेत्रका उहाँले सबै समुदायका बालबालिकाहरूको शिक्षा र स्वास्थ्यमा पहुँच स्थापित गर्दै कसैले पनि आधारभूत तहको शिक्षा तथा स्वास्थ्य सेबाबाट बञ्चित हुन नपर्ने वातावरण सिर्जना गर्ने आफ्नोे अठोट व्यक्त गर्नुभयो ।
एमालले विगतदेखि नै ज्येष्ठनागरिकमैत्री कार्ययोजना बनाएको तथ्य उद्धृत गर्ने कार्कीले महानगरपालिकालाई पनि ज्येष्ठनागरिक मैत्री नगर बनाउने आफ्नो कार्ययोजना सुनाउनुभयो ।
वैशाख ३० गतेको निर्वाचन जितेर महानगरपालिकामा प्रवेश गरेसँगै सरोकारवाला व्यक्ति तथा निकायहरूसँग परामर्श गरी ज्येष्ठनागरिकका लागि विशेष सेवाका कार्यक्रम ल्याउने बचनबद्धता प्रकट गर्नुभयो ।
विराटनगरका हरेक वडाहरूमा ज्येष्ठनागरिक चौतारी निर्माण गर्ने, दिवाश्रम तथा भजनर्कितन लगायतका मनोरञ्जनात्मक तथा धार्मिक भेला आयोजना हुने सहज ठाउँको व्यवस्था गर्ने योजना कार्कीले जनतालाई सुनाउनुभयो ।
युवाहरूका लागि युवा सशक्तिकरण कार्यक्रम, रोजगारीको समुचित व्यवस्था, दुव्र्यसनी न्यूनिकरण कार्यक्रममा विशेष ध्यान पु¥याउने लगायत नगरका वेथितिहरूमा सुधार गरी समुन्नत नगर बनाउन प्रतिवद्ध हुने उहाँले बचनवद्धता प्रकट गर्नुभयो ।
सोही कोण सभामा ८ नं. वडाका वडाध्यक्षका उम्मेदवार राम पोखरेल र वडा नं. १० वडाध्यक्षका उम्मेदवार अर्जुन गिरीले पनि आफ्नो वडाको विकासका लागि आपूmले अघिसारेका कार्ययोजनाहरू जनतालाई सुनाउनुभयो ।
उहाँहरू डुवानका समस्या समाधानमा पहल गर्ने, फोहरमैला व्यवस्थापनमा ध्यान दिने, बाटोघाटो, खानेपानी, शिक्षा स्वास्थ्यका क्षेत्रमा सुधार गरी जनताका हरेक समस्याहरूमा साथ दिने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रमा पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरे, जिल्ला अध्यक्ष ऋषिकेष पोखरेल लगायतका नेताहरू उम्मेदवारहरूलाई साथ दिनुभएको थियो ।