विराटनगर, २२ बैशाख । जसपाबाट विद्रोह गरि विराटनगर महानगरपालिकाको मेयरका उमेदवार बनेका उमेश यादवको माहोल सकरात्मक बन्दै गएको छ । लालटिन चुनाव चिन्ह लिएर उमेदवार बनेका यादवलाई जसपाका कार्यकर्ता र काँग्रेस तथा माओवादीका असन्तुष्ट कार्यकर्ताहरुले समेत समर्थन गर्न थालेपछि उनको माहोल बनेको हो । २०७४ सालको स्थानीय चुनावमा १४ हजार मत ल्याएर तेश्रो भएका यादव यस पटक पनि चुनावी प्रचारमा अगाडि रहेका विराटनगर १४ का पवन झाले बताए ।
उनको घरदैलो कार्यक्रम र प्रचार प्रसारपनि आक्रमक हुन थालेपछि काँग्रेसका नेता डाक्टर शेखर कोइराला उनलाई मिलाउने अभियानमा लागेका श्रोतले बताएकोे छ । गठबन्धनको विरोधी नेताका रुपमा चिनिएका कोइराला अहिले गठबन्धन मिलाउन विराटनगरमा आफै खटेका छन् । गठबन्धन दलमा रहेका माओवादीलाई विराटनगरको कुनै पनि वडामा सहयोग गर्ने नीति नलिएपछि माओवादीहरु असन्तुष्ट बनेका छन् । शुक्रबार बेलुका विराटनगरमा भएको पत्रकार भेटघाट कार्यक्रममा माओवादीका नेता भोगेन्द्र यादवले आफूहरुलाई कुनै पनि वडामा सहयोग नगरेको गुनासो गरे ।