Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गठबन्धन ‘टालटुली बटुली…….’ जस्तै हो : अध्यक्ष ओली



इटहरी । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बटुली कति राम्रो पुतलीको’ संज्ञा दिनुभएको छ ।
सुनसरीको इटहरीमा शनिबार एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन धेरै पार्टी जोडएर बनेकाले यसले कुनै ठोक काम नगर्ने दावी गर्नुभयो । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप उहाँले लगाउनुभएको छ । वडामा त एक्लै चुनाव लडन नसक्नेले देश कसरी चलाउन सक्लान् ? अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । उहाँले अहिलेको गठबन्धन गन्तव्यहिन र दृष्टिकोण विहिन बनेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले आगामी आम निर्वाचनबाट एमालेकै नेतृत्वमा सरकार बन्ने दावी गर्नुभयो । उहाँले गठबन्धनका दललाई मकिएका मकैको ढोडको संज्ञा दिनुभएको छ । काँग्रेसले टेकेर हिँडेको मकैको ढोड कहि न कहि दुर्घटना हुने निश्चित रहेको उहाँको ठोकुवा छ । अध्यक्ष ओलीले एमालेले जाती, धर्म, लिङ्ग र सम्प्रदायका आधारमा राजनीति नगर्ने प्रष्ट्याउनुभयो । उहाँले काँग्रेसले २७ वर्षसम्म नेपालको शासन गर्दा पनि कुनै विकासको खास काम गर्न नसकेको आरोप लगाउनुभयो । एमाले सरकारमा जाने वित्तिकै लछिन लाउने उहाँको दावी छ । स्थानीयतहको चुनाव वाट काँग्रेस एमालेको कम्मर कम्मर आउने र आमचुनाववाट घुडाँ घुँडा आउने जनाउनुभयो । गठवन्धनका अन्य दल काँग्रेसको आङमा वसेका झिङ्गा धपाउने मात्र भएको आरोप लगाउनुभयो । प्रचण्डतर्फ संकेत गर्दै उहाँले भन्नुभयो “दुर्घटनाको धम्की नलगाए हुन्छ,चीसैपानीले नुहाए हुन्छ । ” उहाँले प्रचण्डको धम्कीले केहि नहुने वताउनुभयो । उहाँले नयाँ मतदाताहरुलाई सोच विचार गरेर मात्र मतदान गर्न आग्रह गर्नुभयो । राप्रपाका विषयमा शंकेत गर्दै अध्यक्ष ओलीले राजतन्त्रको चिहान खनेर केहि हुनेवाला छैन भन्नुभयो । जनताको छोरा छोरी विदेश गएपनि वुढेसकालमा पाल्ने पार्टी एमाले भएकाले सूर्य चिन्हमा मतदान गर्न जेष्ठ नागरिकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम,एमाले जिल्ला अध्यक्ष रेवती भण्डारी, प्रदेश सदस्य लिलम बस्नेत, इटहरी उपमहानरपालिकाका प्रमुख द्वारिकलाल चौधरी लगायतले इटहरीमा फेरी पनि एमालेले जित्ने दावी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार